२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

खोप अभियान चलाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय

मङ्गलबार ०४, माघ २०७८ ०९:२०

खोप अभियान चलाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित केन्द्रका पदाधिकारी सहभागी थिए ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए । 

बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिड्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ । हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने, अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाइ खाेप दिँदै अाएकाे छ ।


प्रतिकृया दिनुहोस