२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

नेपालमा एकैदिन १० हजार २५८ जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर मङ्गलबार ०४, माघ २०७८ ०४:२५

नेपालमा एकैदिन १० हजार २५८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै २४ घण्टामा ५६२ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

त्यस्तै २४ घण्टायता १ संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस