२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ३९३९ संक्रमित थपिए

- विशेष खबर सोमबार ०३, माघ २०७८ ०४:४५

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ३९३९ संक्रमित थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७  र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ३० हजार ८ सय  ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।


#काेराेना संक्रमण #पिसिआर #एन्टिजेन

प्रतिकृया दिनुहोस