२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

प्रदेश २ को राजधानी जनकपुरधाम ताेकियाे

- विशेष खबर सोमबार ०३, माघ २०७८ ०४:२८

प्रदेश २ को राजधानी जनकपुरधाम ताेकियाे

जनकपुर । प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ । प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन् ।

मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ।

सभामुख सरोज यादव नेतृत्वको संसदीय समितिले राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रस्ताव गरेको थियो।

राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरूले छुट्टै प्रस्तावको रुपमा वीरगन्जको नाम अघि सारेका थिए । राजधानीको मतदान प्रक्रिया टुंगिएपछि प्रदेशको नाममा मतदान हुने बताइएको छ । प्रदेशनको नामको रुपमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस प्रस्ताव गरिएको छ।

प्रदेशको नाम 'मधेस'मा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी(केन्द्र)को साझा प्रस्ताव छ। 'जानकी' नाममा भने एमाले र नेकपा(एस) तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव छ। यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम 'मध्य मधेस' भनेर छुट्टै प्रस्ताव गरेका छन् ।

 


#प्रदेश २ #प्रदेश राजधानी

प्रतिकृया दिनुहोस