२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भाेलिदेखि काेराेनाबिरूद्धकाे खाेपकाे थप मात्रा दिइने

- विशेष खबर शनिबार ०१, माघ २०७८ १०:१३

भाेलिदेखि काेराेनाबिरूद्धकाे खाेपकाे थप मात्रा दिइने

काठमाडौं । सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको खाेपकाे बुस्टर मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको खोप लगाउन निर्देशन दिएको छ ।

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो ।

सरकारले अहिलेसम्म २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ मात्रा खोप लगाइसकेको छ । त्यसमध्ये कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्रा लगाउनेको संख्या १ करोढ १८ लाख ६९ हजार ९ सय ७४ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म विभिन्न मुलुकबाट खरिद गरिएको र सहयोगस्वरूप प्राप्त गरी नेपालमा कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ ।


प्रतिकृया दिनुहोस