२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

२४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा कोरोना पुष्टि

- विशेष खबर बिहिबार २९, पुष २०७८ ०५:२९

२४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ परीक्षणमा ३ हजार ५५३ जनामा कोरोना पुष्टि भएको हो ।

१० हजार ४९८ पीसीआर परीक्षणमा २ हजार ९२२ जना संक्रमित भएका छन् भने ४ हजार ५८३ एन्टिजेन परीक्षण हुँदा ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ९९ हजार २२५ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टाको अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । २४ घण्टामा खोप लगाउनेको संख्या ३ लाख ५६ हजार ४ रहेको छ ।


#कोरोना संक्रमित #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस