२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

माघ ७ पछि खोप कार्ड भएकालाई मात्रै सार्वजनिक सेवा दिन सिफारिस, यी हुन् सीसीएमसीसीका १३ निर्णय

- विशेष खबर आइतबार २५, पुष २०७८ १०:१७

माघ ७ पछि खोप कार्ड भएकालाई मात्रै सार्वजनिक सेवा दिन सिफारिस, यी हुन् सीसीएमसीसीका १३ निर्णय

काठमाडौं । सार्वजनिक सेवाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नका लागि कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । 

सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिस पत्रमा लेखिएको छ, 'माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गर्ने ।'

नेपालको जनसंख्याको आधा प्रतिशतले पनि खोप नलगाएको अवस्थामा सीसीएमसीले भने कोरोना भाइरस विरुद्धको खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गरेको हो ।

कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन सिफारिस गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई माघ ७ गतेपछि आन्तरिक उडानमा कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड बोकेका यात्रुलाई मात्रै प्रवेशको व्यवस्था मिलाउन सिफारिस गरेको छ ।

सीसीएमसीले नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन पनि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।


प्रतिकृया दिनुहोस