२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बझाङकै अर्का युवक घाइते

- विशेष खबर आइतबार २५, पुष २०७८ १०:१०

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बझाङकै अर्का युवक घाइते

काठमाडौं । टिपरको ठक्करबाट काठमाडौंको कलंकीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

शनिबार राति पौने १० बजेतिर बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस