२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बौद्धमा कोठाभित्र युवक-युवती मृत फेला

शुक्रबार २३, पुष २०७८ १०:२०

बौद्धमा कोठाभित्र युवक-युवती मृत फेला

काठमाडौं। काठमाडौंको बौद्धमा युवक-युवती मृतवस्थामा फेला परेका छन्।

राधाकृष्ण मन्दिरनजिकै सँगै डेरा गरि बस्दै आएका २५ वर्षीय अनिस जिमी र २२ वर्षीया युसुना राई मृतवस्थामा फेला परेका हुन्।

अनिसको स्थायी घर संखुवासभा र युसुनाको खोटाङ साकेला गाउँपालिका-५ मा रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको शरिरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस