२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

हङकङद्वारा ८ देशका हवाई उडानमा प्रतिबन्ध

एजेन्सी बिहिबार २२, पुष २०७८ ०३:१०

हङकङद्वारा ८ देशका हवाई उडानमा प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणलाई मध्यनजर गर्दै हङकङले आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

द्रूत गतिमा फैलने भनिएको ओमिक्रोन भेरियन्टका केस बढ्न सक्ने भन्दै हङकङले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा बढेकाले हवाई उडान बन्द गर्नुपरेको हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन् ।

ओमिक्रोन संक्रमण नियन्त्रणका लागि हङकङले एक वर्षयताकै सबैभन्दा कडा रुपमा सतर्कता अपनाइरहेको छ ।

हवाई उडानबाहेक हङकङले साँझ ६ बजेपछि रेस्टुरा‚ बार‚ जिमखाना‚ सभा-सम्मेलन लगायतका कार्यक्रममा समेत प्रतिबन्ध लगाएको छ ।


#हङकङ #ओमिक्रोन भेरियन्ट

प्रतिकृया दिनुहोस