२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे ५ सदस्यीय छानबिन समिति गठन

- विशेष खबर बिहिबार २२, पुष २०७८ ०२:४१

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । नारयणहिटी दरबार संग्राहलयको परिसरमा बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समितिलाई राय सुझावसहितको प्रतिवेदन तयार गर्न तीन दिनको म्याद दिएकाे छ । 

समितिका सदस्यहरूमा मन्त्रालयका उपसचिवहरू टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हाे। सरकारले नारायणहिटी परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिएको थियाे । संग्रहालयभित्र धमाधम रेष्टुरन्टका संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले मंगलबार निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न प्रतिस्पर्धामा रहेका तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका थिए ।


#नारयणहिटी दरबार #छानबिन #प्रेम आले

प्रतिकृया दिनुहोस