२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

आंशिक बदली र हिमपातको सम्भावना

- रासस मङ्गलबार २०, पुष २०७८ ०८:१५

आंशिक बदली र हिमपातको सम्भावना

काठमाडौं । आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा  हल्का हिमपातको सम्भावना रहेको छ ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे  चार हजार भिजिविलिटी रहेको छ ।  काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने विभागले जनाएको छ । 

 


प्रतिकृया दिनुहोस