२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

लकडाउन खुलेको ३ सातापछि एसईई परीक्षा गर्न सिफारिस

शुक्रबार १९, बैशाख २०७७ ०८:५३

काठमाडौं । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो ।

एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । कार्यदलका संयोजक पौडेलले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।

देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् ।

कार्यदलका सदस्यहरुसँग उनले यो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय कार्यदल र मन्त्रिपरिषद्मा लगेर थप छलफल गर्ने समेत बताएका छन् ।


प्रतिकृया दिनुहोस