२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

मुलुकभर वर्षा र हिमपातः चिसो बढ्यो, जनजीवन कष्टकर

- विशेष खबर बुधबार १४, पुष २०७८ ०३:२७

मुलुकभर वर्षा र हिमपातः चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडाैं । मंगलबार रातिदेखी मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसंगै देशका उच्च पहाडी र हिमाली भेगमा मगंलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम ३ दशमलव छ भने अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


#मौसम #हिमपात

प्रतिकृया दिनुहोस