२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

देशभर बदली : वर्षा र हिमपातको सम्भावना

- विशेष खबर मङ्गलबार १३, पुष २०७८ ०९:०७

देशभर बदली : वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

तीन दिनको मौसम पूर्वानुमान
२०७८ पुस १३ गते

दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १४ गते
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १५ गते  
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती : देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


प्रतिकृया दिनुहोस