२०८२ असार १८ गते बुधबार | 2 July, 2025

अजयमेरुका ४७ विपन्न परिवारलाई राहात वितरण

बिहिबार १८, बैशाख २०७७ ०४:४५

अजयमेरुका ४७ विपन्न परिवारलाई राहात वितरण

डडेलधुरा । अजयमेरुका ४७ विपन्न परिवारलाई राहत वितरण गरिएको छ। अजयमेरू गाउँपालिका २ कोइराली घर भई रोजगारीका लागि दुबईमा रहेका राजेन्द्र ऐर र अन्य स्थानीय युवाले विपन्न परिवारलाई राहत वितरण गरेका हुन्।

दुबईमा रहेका ऐरले राहत वितरणकै लागि नगद रकम पठाएका थिए । स्थानीय युवाले रकम थपेर राहत सामग्री वितरण गरेका हुन्।  

४७ परिवारलाई २० किलोका दरले ९४० किलो चामल वितरण गरिएको छ। झण्डै ५० हजार बराबरको राहत स्थानीय युवा केशव पन्त, लक्ष्मण खाती, वीरेन्द्र ऐरले गाडीमार्फत घरघरमा पुगाएका हुन् ।


प्रतिकृया दिनुहोस