२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

मेक्सिकोमा आप्रवासीहरू चढेको ट्रक दुर्घटना हुदा ५४ जनाको मृत्यु, १ सय बढी घाइते

एजेन्सी शुक्रबार २४, मङि्सर २०७८ ०६:१४

मेक्सिकोमा आप्रवासीहरू चढेको ट्रक दुर्घटना हुदा ५४ जनाको मृत्यु, १ सय बढी घाइते

मेक्सिको । दक्षिणी मेक्सिकोस्थित ट्रक दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । अरु १ सयभन्दा धेरै घाइते भएका छन् । मध्य अमेरिकाबाट आएका आप्रवासीहरू चढेको ट्रक चियापास राज्यमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा पल्टिएको ट्रक र घाइतेहरू भएको तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा पोस्ट गरिएका छन् । मेक्सिकोमा हालसम्म भएका ठूला र खतरनाक दुर्घटनामध्ये उक्त दुर्घटना पनि एक हो ।

यस दुर्घटनामा ४९ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ट्रकमा १०५ जना घाइतेमध्ये ८३ पुरुष र २२ महिला रहेको बताइएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार ट्रकमा यात्रा गरेका अधिकांश मानिस होन्डुरस र ग्वाटेमालाका बासिन्दा थिए । दुर्घटनास्थल चियापास छिमेकी मुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रसमेत हो ।


#मेक्सिको #दुर्घटना

प्रतिकृया दिनुहोस