२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

- विशेष खबर सोमबार २०, मङि्सर २०७८ ०७:४१

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीको पाटन नगरपालिकास्थित यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

पाटन नगरपालिका -१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा ६ जना घाइते छन् ।

मृतकको परिचय नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले बताए । घाइतेको प्रहरीले उद्वार गरिसकेको र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागिएको उनले बताए ।


#बैतडी #दुर्घटना

प्रतिकृया दिनुहोस