बिहिबार १८, बैशाख २०७७ १२:२०
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा संचालन गर्ने तयारी गरे पनि विद्यार्थीका लागि तत्काल कक्षामा सहभागी हुन असहज रहेकाे भन्दै ध्यानाकर्षण गराएका छन्।
शंकर देव क्याम्पसका नेविसंघ नेता दिपक ओझाले स्राेतसाधन, प्रबिधि र विद्यार्थीलाई सम्पर्कमा ल्याएरमात्र कक्षा गर्न सम्भब भएकोले तत्काल असहज भएकाे बताए ।
त्रिविले अनलाइन कक्षा संचालन गर्न निर्देशिका समेत जारी गरिसकेकाे छ । शंकर देवमामात्रै मुलुकभरका करिब १० हजार विद्यार्थी पढ्छ्न् । दुर्गम क्षेत्रका विद्यार्थीलाइ अनलाइन कक्षामा आवद्ध हुन असम्भव भएकाे ओझाले बताए ।
फाेरजी नेटवर्क, पाठ्यक्रम परिमार्जन, प्रयोगात्मक विषय बारे ठोस निर्णय, प्राध्यापकहरुलाई तालिम, उपलब्ध गराएरमात्रै अनलाइन कक्षा संचालन गरिनुपर्ने ओझाले बताए । परीक्षा स्थगित भएका र परीक्षाकाे तयारीमा रहेका बिभिन्न तहका विद्यार्थीका लागि नयाँ वर्ष र नयाँ सेमेस्टरका कक्षा संचालन गर्ने वा रोकि राख्ने विषयमा पनि त्रिवि र क्याम्पस प्रशासनले गहन अध्ययन गरि ठोस निर्णय लिनु अनिवार्य भएकाे उनले बताए ।
प्रतिकृया दिनुहोस