२०८२ साउन ०७ गते मङ्गलबार | 22 July, 2025

मालिका सहकारीद्वारा राहत वितरण

बिहिबार १८, बैशाख २०७७ ११:३१

मालिका सहकारीद्वारा राहत वितरण

काठमाडौं । लकडाउनमा समस्या परेकालाइ मालिका बचत तथ ऋण सहकारी संंस्था लिमिटेड काठमाडौंले राहत सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष अध्यक्ष जनकबहादुर धामीको अगुवाइमा सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कोरोना भाइरस र लकडाउनका कारणले समस्यामा परेकाहरुलाई सहयोग गरेको हाे ।

काठमाडौंका खगेन्द्र नवजीवन अपाङ्ग संघ, बीआइए अपाङ्ग संघ जोरपाटी, स्पाइनल क्रुज होस्टेल माकलबारी, कान्ति भैरव, गुरुकुल विद्यालय गोकर्णेश्वर, उत्तरबाहिनी काठमाडौं, शान्ति सेवा आश्रम कोटेश्वर, नैनी शाख्य गुरुकुल विद्यालय बनेपा तथ दाङ्ग र महा मृत्युञ्जययोग केन्द्र पिङलास्थान काठमाडौंका अपाङ्ग नागरिक र गुरूकुलका विद्यार्थीहरुलई चामल, तेल, दाल र नुन करिव एक महिनालाई पुग्ने गरी खाद्य सामाग्री वितरण गरेकाे अध्यक्ष धामीले बताए ।

लकडाउनका कारण कोही पनि भोकै बस्न नपरोस भन्दै खाद्य समाग्री दिएकाे हाे । कसैले भाेकै बस्नुपरे याे सहकारीलाइ सम्पर्क गर्न  सकिने अध्यक्ष धामीले बताएका छन् ।  

धामीकाे नेतृत्वमा यसअघि पाँच पटक बर्दिया, कैलाली र बाँकेका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई राहत सहयोग गरेकाे थियो ।


#राहत वितरण

प्रतिकृया दिनुहोस