२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

जाजरकोटमा बस दुर्घटना, ५ को मृत्यु, २७ जना घाइते

आइतबार १२, मङि्सर २०७८ ०७:५१

जाजरकोटमा बस दुर्घटना, ५ को मृत्यु, २७ जना घाइते

जाजरकोट । भेरी नगरपालिकाकाे कुदु बराहचौकनजिक शनिबार राति दुई बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको छ ।

जाजरकोटका प्रहरी प्रमुख  डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना सवार थिए । घाइते भएका २७ जनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जाजरकोट ल्याएको डिएसपी थापाले बताए । दुर्घटना राति भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस