२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

- विशेष खबर सोमबार ०६, मङि्सर २०७८ ०७:५७

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी । जन्ती बाेकेर गएकाे जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

चालक मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

आइतबार राति ८ बजेतिर बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जीप दशरथचन्द ५ कलुवाडमा सडकबाट खसेकाे थियो । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस