२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

रोल्पामा बस दुर्घटना, ४ जनाकाे मृत्यु

बिहिबार ०२, मङि्सर २०७८ ०९:२३

रोल्पामा बस दुर्घटना, ४ जनाकाे मृत्यु

राेल्पा । दाङको घोराहीबाट रोल्पाकाे थवाङ आउँदै गरेको  बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । 

ना३ख ५५१८ नम्बरको बस बिहीबार बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताए।

जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए । 


प्रतिकृया दिनुहोस