बुधबार १७, बैशाख २०७७ १२:५७
काठमाडाैं । बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्रोतका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोराेना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ । २ जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।
गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस