२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भारतबाट नगद र गहना चोरी गरेर ल्याएका दुई नेपाली पक्राउ

- विशेष खबर बुधबार ०१, मङि्सर २०७८ ०९:३०

भारतबाट नगद र गहना चोरी गरेर ल्याएका दुई नेपाली पक्राउ

महेन्द्रनगर । भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका १ का ३८ वर्षीय लालबहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षीय विष्णु शाहीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले लालबहादुरको घरबाट गरगहना बरामद गरी दुबै जनालाई पक्राउ गरेको हो। 

उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूले भारतको ब्याङ्लोरबाट नगद तथा गरगहना चोरी गरेर ल्याएको भन्ने सूचनापछि प्रहरीले छापा मारेको थियो।

उनीहरूको साथबाट ल्यापटप चार थानसमेत बरामद गरिएको छ। नगद भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, अमेरिकी डलर एक हजार पाँच, क्यानडियन डलर दुई हजार आठ सय दश, मलेसियन रिंगिटी २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाइनिज युवान १६१ पनि बरामद भएको छ।सुनजस्तो देखिने पदार्थका गहना पनि बरामद भएका छन्।


प्रतिकृया दिनुहोस