२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

गमगढीमा भीषण आगलागी, १७ भन्दा बढी घर जले

- विशेष खबर मङ्गलबार ३०, कार्तिक २०७८ ०७:३२

गमगढीमा भीषण आगलागी, १७  भन्दा बढी घर जले
प्रतिकात्मक तस्बिर

मुगु । जिल्ला सदरमुकाम गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ भन्दा बढी घर पूर्णरुपमा जलेका छन् ।

आगलागीबाट मानवीय क्षति नभए पनि धनमाल जलेर खरानी बनेको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।

राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो अझै पूर्ण रूपमा निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षक भट्टराईको भनाई छ ।

आगो नियन्त्रण गर्न स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी, रेडक्रसकर्मीलगायतका जनशक्ति खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

पानीको अभाव भएको गमगढी बजारमा आगो नियन्त्रणमा खटिएकाे टोलीले पाइप, बाल्टी, जर्किनमार्फत पानी प्रयोग गरिएकाे छ ।

आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीकाे भनाई छ ।


प्रतिकृया दिनुहोस