२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

ताेलामा ४ सयले बढ्यो सुनको मूल्य

- रासस शुक्रबार २६, कार्तिक २०७८ १२:३०

ताेलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडाैं । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस