२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भारतको एक सरकारी अस्पतालमा आगलागी, १० जना बिरामीको मृत्यु

एजेन्सी शनिबार २०, कार्तिक २०७८ ०३:१५

भारतको एक सरकारी अस्पतालमा आगलागी, १० जना बिरामीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ ।

शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोस्लेले आगलागीमा परी १० जना बिरामीको मृत्यु भएको पुष्टि गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना बिरामी भर्ना भएका थिए ।


#भारत #आगलागी

प्रतिकृया दिनुहोस