२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

झारफुकका क्रममा श्रीमती र छोरीको हत्या अभियोगमा पक्राउ

मङ्गलबार ०९, कार्तिक २०७८ ०६:३९

झारफुकका क्रममा श्रीमती र छोरीको हत्या अभियोगमा पक्राउ

ईलाम । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कमलले आफ्नै घरभित्र परिवारका सदस्य राखेर धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेकी श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

घटनाबारे जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस