२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, मृतक २ लाख ११ हजार १५९ पुगे

मङ्गलबार १६, बैशाख २०७७ १२:०१

कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, मृतक २ लाख ११ हजार १५९ पुगे

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ११ हजार १५९ जनाको मृत्यु भएको छ। संक्रमण पुष्टि भएकामध्ये ८ लाख ९३ हजार ९६७ जना निको भएको पनि सेन्टरले जनाएको छ।

पुष्टि भएकामध्ये करिब एकतिहाई संक्रमण अमेरिकामै देखिएको छ। मंगलबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ९ लाख ८८ हजार १९७ पुगेको छ। मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार २ सय ४५ पुगेको छ भने निको हुनेको संख्या एक ला ११ हजार ५ सय ९ रहेको छ। अमेरिकाको न्युयोर्कमा मात्रै १७ हजार ५ सय १५ जनाको मृत्यु भएको छ।

अमेरिकापछि सबैभन्दा बढी स्पेनमा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ। स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१ रहेको छ। त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ४ सय १४ रहेको छ भने २६ हजार ९ सय ७७ को मृत्यु भएको छ।


#काेराेना

प्रतिकृया दिनुहोस