२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कर्णालीमा दसैँ अवधिमा २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु

सोमबार ०१, कार्तिक २०७८ ०६:४७

कर्णालीमा दसैँ अवधिमा २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु

कर्णाली । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना असाेज  २६ गते मुगुमा भएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् ।

मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक/एक सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ । -(रासस)


प्रतिकृया दिनुहोस