२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

कर्णालीमा डुंगा पल्टिँदा एक युवती बेपत्ता

आइतबार २४, असोज २०७८ ०१:५०

कर्णालीमा डुंगा पल्टिँदा एक युवती बेपत्ता

कर्णाली । कर्णाली नदीमा डुंगा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आइतबार बिहान डुंगा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुंगा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुंगामा सवार ६ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए । 

डुंगामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुंगा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन् ।


प्रतिकृया दिनुहोस