२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

११ जिल्लाका सीडीओ फेरिए

- विशेष खबर आइतबार १७, असोज २०७८ ०३:१२

११ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । 

कैलाली टीकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा सीडीओ पठाएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

कास्कीका सीडीओ थानेश्वर गौतम पनि गृह मन्त्रालय तानिएका छन् । लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नवराज जैसीलाई सीडीओ बनाएर खटाएको छ ।

लमजुङका सीडीओ होमप्रसाद लुईँटेल, डडेलधुराका सीडीओ हरिप्रसाद घिमिरे र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाल गृह मन्त्रालय तानिएका छन् ।

यस्तै, गृहले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएको छ ।  


प्रतिकृया दिनुहोस