२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

उपल्लो डोल्पामा उवा भित्र्याउने चटाराे

बुधबार १३, असोज २०७८ ०४:००

उपल्लो डोल्पामा उवा भित्र्याउने चटाराे

जाजरकाेट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । 

उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् । 

उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा ) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिए। अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेँलपुर अवस्थामा रहेको छ ।

 बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरीमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउ“मा गहु“ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ । 

हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बा“डीचुड गरेर खाने गरिन्छ । व्यापारीले पु¥याएको चामल धेरै महँगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ ।
 
मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताए। 

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रति क्वीन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताउनुभयो । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ । (रासस)


प्रतिकृया दिनुहोस