२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

वडा कार्यालयको शौचालयमा शव

आइतबार १०, असोज २०७८ ११:५६

वडा कार्यालयको शौचालयमा शव

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। 

उनका अनुसार शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर शव जाँच गरिरहको छ ।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबार मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।


प्रतिकृया दिनुहोस