२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

सुदूरपश्चिममा भूकम्पको धक्का

शुक्रबार ०८, असोज २०७८ ०९:५८

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।  

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।   


प्रतिकृया दिनुहोस