२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

- विशेष खबर बुधबार ०६, असोज २०७८ ०७:१७

पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गुल्मी । पहिरोमा पुरिएर गुल्मीमा ३ जना दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार रातिको अविरल वर्षापछि सदरमुकाम रेसुङ्गा नगरपालिका–८ भगवती मन्दिरनजिकै पर्ने तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा तिलकका १४ वर्षीया जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षीया छोरी भावना रहेको गुल्मीका डीएसपी पुरुषाेत्तम पाण्डेयले जानकारी दिए ।

राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।


प्रतिकृया दिनुहोस