२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

घाेप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार ०६, असोज २०७८ ०७:०६

भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मंगलबार राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस