२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

विराटनगरबाट आएका यात्रुलाई विवरण राखेर उपत्यका प्रवेश

सोमबार १५, बैशाख २०७७ १०:३७

विराटनगरबाट आएका यात्रुलाई विवरण राखेर उपत्यका प्रवेश

काठमाडौं । थानकोट प्रहरीले विराटनगर महानगरले पठाएका यात्रुलाई व्यक्तिगत विवरण लिएर छाडेको छ ।

विराटनगर महानगरपालिकाले गाडी बुकिङ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले २ घण्टा बढी राेकेर  गन्तव्यमा जान दिएको हो । यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडेको हो।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए।

प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

 


#यात्रु

प्रतिकृया दिनुहोस