२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बँदेललाई थापेको पासोमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

शनिबार ०२, असोज २०७८ ०७:३९

बँदेललाई थापेको पासोमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी २९ वर्षीया श्रीमती सुनिता थारु र बालकृष्णकी ४३ वर्षीया भाउजु बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ । 

शुक्रबार राति १० बजेतिर करेन्ट लागेका एक जनालाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।


प्रतिकृया दिनुहोस