२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

विराटनगरबाट गाडी बुक गरेर काठमाडौं पठाएका यात्रुलाई नागढु‌ंगा रोकियो

सोमबार १५, बैशाख २०७७ १०:०४

विराटनगरबाट गाडी बुक गरेर काठमाडौं पठाएका यात्रुलाई नागढु‌ंगा रोकियो

काठमाडौं ।  विराटनगर महानगरपालिकाले गाडी बुकिङ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगामा प्रहरीले रोकेकाे छ ।

विराटनगर महानगरले करिब डेढ सय जनालालाई काठमाडौं पठाएको थियो। काठमाडौं प्रवेशका लागि माथिको आदेश चाहिने भन्दै प्रहरीले यात्रुलाई अहिले चेकपोस्टमा राेकेकाे छ। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्ट भन्दा केही तल झारेर बस काठमाडौं प्रवेश गराए पनि यात्रुलाई रोकेर राखेको हो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्र काठमाडौं प्रवेश गरिसकेका छन्। गाडीबाट यात्रु काठमाडौं प्रवेश गरिरहेको समाचार सार्वजनिक भएपछि प्रहरीले रोकेको हो।


#यात्रु

प्रतिकृया दिनुहोस