२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

थप ४४ लाख खोप आयो, यस्ताे छ सरकारकाे याेजना

- विशेष खबर शनिबार ०२, असोज २०७८ ०६:१३

थप ४४ लाख खोप आयो, यस्ताे छ सरकारकाे याेजना

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार काठमाडौं आइपुगेको छ ।

आगामी सोमबारदेखि उक्त खाेप लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको हाे ।

एकै खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका निर्देशक सागर दाहालका अनुसार अहिले उपलब्ध भएकाे खाेप १० हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुलाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाउने योजना बनाइएको छ ।

काभ्रे र चितवनका ३५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप दिइनेछ । अन्य ५५ जिल्लाको हकमा ४५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ । 

सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्या र चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।


प्रतिकृया दिनुहोस