२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

अभिभावकविहीन बालकलाई सहयोग

- विशेष खबर शुक्रबार ०१, असोज २०७८ ०२:१८

अभिभावकविहीन बालकलाई सहयोग

बैतडी । बुवाआमा गुमाएका सिगास गाउँपालिका–७ का १३ वर्षीय दिले ऐरलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

शिवलिङ्ग आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने ऐरलाई हाम्रो सेवा समूह बेल्जियममार्फत् स्कुल ड्रेस, लुगाकपडा, जुत्ता, झोला कापीलगायतका सामग्री सहयोग गरिएको हो । 

बुवाआमा नहुँदा आफन्तको संरक्षणमा बस्दै आएका ऐर आर्थिक अवस्था कमजोर हुँदा समस्यामा रहेको थाहा पाएपछि बेल्जियम, बेलायतलगायत देशमा बसेर पढ्दै आएका बालबालिकाहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको पैसाबाट उनलाई सहयोग गरिएको हाम्रो सेवा समूहका संयोजक हरिकृष्ण लभली श्रेष्ठले बताए । ऐरलाई कक्षा १० सम्म पढ्न प्रत्येक वर्ष स्कुल ड्रेसलगायत शैक्षिक सामग्री सहयोग गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

Subhi Shrestha (UK), Roan Shrestha, Pratit Gurung, Shishir Gurung, Pranaya Gurung, Priyenka Gurung, Shankar Sunuwar बेल्जियम, Yuvani Amatya गाेरखा, Ganga Rajbhandari नारायणगढ चितवनका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका हुन् । यस अघि पनि हाम्रो सेवा समूहले सिगास गाउँपालिकाकै एक विपन्न परिवारलाई एक वर्षसम्म खाद्यान्न सहयोग गर्दै आएको छ ।

सहयोग सामग्री विद्यालयका प्रअ नरबहादुर धामी, वडा नं. ८ का वडासदस्य धनसिंह ऐरले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । असाहाय बालबालिकालाई बिदेशमा भएर पनि ठूलो मन भएका दाताहरुले सहयोग गर्दा सहज भएको विद्यालयका प्रअ ऐरले बताए ।

आर्थिक अवस्था कमजोर भएका पढ्ने इच्छा भएर पनि पढन नपाएका बालबालिकालाई लुगाकपडा, शैक्षिक सामग्री प्रदान गरेर गुन लगाएको स्थानीय सुरेन्द्र साउदले बताए । यो सहयोगले बुवाआमा गुमाएका दिले ऐरले सहजरुपमा पढ्न पाउने उनले बताए ।


प्रतिकृया दिनुहोस