२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नेपाली सेनामा ४६४ जनाका लागि २४ प्राविधिक पदमा भर्ना खुल्यो

बिहिबार ३१, भदौ २०७८ ०९:५४

नेपाली सेनामा ४६४ जनाका लागि २४ प्राविधिक पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।

भर्ना छनोटका लागि बिहीबारदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन (असोज ७ गते) सम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।

दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिने र पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय जंगी अड्डामै हुनेछ ।


प्रतिकृया दिनुहोस