२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आजदेखि कक्षा १२ को परीक्षा, होम सेन्टरबाटै दिन पाइने

- विशेष खबर बुधबार ३०, भदौ २०७८ ०७:३९

आजदेखि कक्षा १२ को परीक्षा,  होम सेन्टरबाटै दिन पाइने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।  

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बुधबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना गरेकाे छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिए पनि कोरोना संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो ।

बोर्डले पुन: विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर भदाै ३० देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । 

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ ।

 

 

 


प्रतिकृया दिनुहोस