२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

पूर्वसभामुख महराको मुद्दामा बहस सकियो, फैसला आजै हुने

आइतबार ०४, फागुन २०७६ ०५:१८

पूर्वसभामुख महराको मुद्दामा बहस सकियो, फैसला आजै हुने

काठमाडौं, बलत्कारकाे अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् । 

दुवै पक्षको बहसपछि अब केहीबेरमा उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ ।

महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे । 

 हाल  महरा पुर्पक्षका लागि डिल्लीबजार स्थित कारागारमा छन् ।
 


#Mahara

प्रतिकृया दिनुहोस