२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

विङ्गर र अटो ठाेक्किँदा तीन जनाको मृत्यु, ४ घाइते

शनिबार १९, भदौ २०७८ ०७:४७

विङ्गर र अटो ठाेक्किँदा तीन जनाको मृत्यु, ४ घाइते

धनगढी । कैलालीमा यात्रुवाहक विङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएकाे छ । चार जना घाइते भएका छन्।

गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकि्कएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

अटोमा सवार सात जना घाइतेलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन्। घाइते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरी चौधरी छन्। 

घाइते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।यस्तै विङ्गरका सहचालक कञ्चनपुरकाे बेदकोट नगरपालिका १० का २५ वर्षीय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्। फरार रहेका विङ्गर चालकको प्रहरीले खोजी गरिरहेकाे छ ।  


प्रतिकृया दिनुहोस