२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

खोलाले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु

- विशेष खबर बिहिबार १७, भदौ २०७८ ०८:५२

खोलाले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु

दाङ । बुधबार राति दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका चार जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसी छन् । श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव भेटिएको थियो भने पुन र केसीको शव बिहीबार बिहान घटनास्थलबाट ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा फेला परेको थियो ।

चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । कारमा चालकसहित पाँच जना सवार थिए ।


प्रतिकृया दिनुहोस