२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पछिल्लाे २४ घण्टामा २ हजार २९५ जना कोरोना संक्रमित थपिए

- विशेष खबर सोमबार १४, भदौ २०७८ ०४:५८

पछिल्लाे २४ घण्टामा २ हजार २९५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९ सय २ जना र ४ हजार ३४१ एन्टिजेन परीक्षणमा ३ सय ९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ८०८ रहेको छ भने १६ जनाकाे मृत्यु भएकाे छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस