२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर शुक्रबार ११, भदौ २०७८ ०४:५३

पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस